फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने

फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ ।  सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले हस्ताक्षर गरेका हुन् ।  यसअघि खल्तीका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर...

सम्बन्धित सामग्री

नेपाल–भारत क्रसबोर्डर  क्युआर भुक्तानी सेवा सुरु हुँदै

नेपाल र भारतबीच क्रसबोर्डर क्युआर कोडबाट नै भुक्तानी गर्न सकिने भएको छ । बिहीबार मुम्बईमा सञ्चालन भएको ग्लोबल फिन्टेक फेस्ट २०२३ मा नेपाल र भारतका भुक्तानी सञ्चालकबीच क्रसबोर्डर क्युआर कोड भुक्तानी...

बाराही घाटमा ‘फोन-पे’

काठमाडौं । ई-सेवाले पोखराको फेवातालस्थित बाराही घाटमा फोन-पे क्युआर कोड भुक्तानी सेवा सञ्चालन गरेको छ । फेवातालमा डुङ्गा चढे वापतको भुक्तानी अब फोन क्युआर कोडमार्फत गर्न सकिने व्यवस्थाको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा बोटिङ्ग प्रतिस्पर्धा गराएर उत्कृष्टहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप अपग्रेड, के के सुविधा थपिए ?

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति भएको छ  । बैंकले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी Siddhartha BankSmartXP नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ एप मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ। सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले  एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार एप मार्फत ग्राहकहरुले पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सक्ने,नयाँ चेकबुक अनुरोध गर्न सक्ने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सक्ने, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सक्ने, तथा निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्ने सकिने छ ।यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ आगामी दिनहरुमा यस मोबाईल बैंकिङ्ग सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्रि र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकले जनाएको छ। बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत  बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बेगनास तालमा डुङ्गा चढ्दा अब फोनपेबाटै डिजिटल भुक्तानी

कास्कीको बेगनास तालमा डुङ्‌गा सयर गर्दा अबदेखि डिजिटल वालेट फोनपेबाटै भुक्तानी गर्न सकिने भएको छ । तालमा डुङ्‌गा चलाउने व्यवसायीहरूलाई फोनपेले नगदरहित कारोबार गर्न क्यूआर कोड वितरण गरेको हो । डिजिटल कारोबार निम्ति सिभिल बैंक र फोनपेले सहकार्य गरेका हुन्‌ ।शुक्रबार आयोजित कार्यक्रममा बेगनास ताल डुङ्‍गा व्यवसायी संघमार्फत बेगनास तालमा डुङ्‍गा चलाउने २२० डुङ्‍गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको फोनपेले&

विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि

काठमाडौँ । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिँड्नुपर्ने झन्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्युआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभए पनि […]

प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने

फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै फोनपे र प्रभु पेबीच सहकार्य भएको हो । योसँगै अब प्रभु पेबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ । सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र प्रभु पेका सीईओ बिक्की शाही हस्ताक्षर गरेका हुन् । अब प्रभु पेका ७ लाख प्रयाेगकर्ताले...

क्युआर कोड स्क्यान गरेरै अब ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी क्युआर पेमेन्टको माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्था गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्युआर पेमेन्ट तथा अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले यस...

विराटनगरका अटोमा अनलाइनबाट भुक्तानी

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा अटो रिक्साका यात्रुले अब अनलाइनबाट नै भुक्तानी गर्न सक्ने भएका छन्। नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो।एनसीसी बैंकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोड हस्तान्तरण गरेका छन्। के एन अटो यातायात प्रालिमा आवद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने छ।नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम

मन्दिरको भेटी र टेम्पुको भाडा क्यूरआर कोडबाट भुक्तानी गर्न सकिने

सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोड मार्फत भुक्तानी गरेर अभियानको उद्घाटन गरेका हुन् । सो अवसरमा सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पु तथा३४ वटा […]