राजदूतहरुले मनाए दशैं, चिनियाँ राजदूतले लगाइदिइन् टीका

काठमाडौं, २९ असोज । नेपालस्थित विभिन्न देशका राजदूतहरुले पनि दशैं मनाएका छन् । आज विजयमा दशमीमा टीका समेत लगाएका छन् । भारतीय राजदूत विजयमोहन क्वात्राले दशैं मनाएका छन् । उनले दशैंका उपलक्ष्यमा शुभकामना समेत दिएका छन् । चिनियाँ राजदूत होउ यान्छीले सहकर्मीहरुसँग दशैं मनाएकी छिन् । उनले दशैंमा खुशी व्यक्त गर्दै टीका लगाएको तस्बिर समेत […]

सम्बन्धित सामग्री

सौराहामा विदेशी पर्यटकले मनाए दशैं, टीका र जमरा थाप्न पाउँदा दङ्ग

मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैं मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी गिरीले विदेशी पर्यटकलाई टीका र जमरा लगाईदिएका थिए । उनिहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।  नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैं मनाउन पाउँदा निकै खुसी देखिए । “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपाली”, उनले भने ।”  अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिए । उनले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताए । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक माइकाले भने । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्य समेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । “हामीले विगतमा पनि यसरी पर्यटकलाई दशैंमा सँगै राखेर मनाएका थियौँ”, उनले भने, “हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।” नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए । पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैं, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।रासस

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिबारे चिनियाँ फोरममा आज सम्बोधन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असंलग्न परराष्ट्र नीतिबारे एक चिनियाँ फोरममा आज सम्बोधन गर्दैछन् । राष्ट्रपति कार्यालयका अनुसार चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गर्ने सम्मेलनमा भण्डारीले ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश दिन लागेकी हुन्। उनले असंलग्न परराष्ट्र नीति, पञ्चशील र विश्व शान्तिमा योगदानबारे बोल्ने राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । सम्बोधन लिखित […]

वाङको भ्रमण मित्रता र प्रतिबद्धताको माध्यम

काठमाडौं : पाकिस्तान, अफगानिस्तान र भारत हुँदै नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई लिएर राजनीतिक तथा कूटनीतिक क्षेत्रमा विभिन्न टीका टिप्पणी भइरहेको छ।तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आएका वाङको भ्रमणलाई चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के चिनियाँ मित्रता र प्रतिबद्धताको माध्यमका रूपमा  लिन्छन्। ‘वाङ यी चीनको मित्रता र प्रतिबद्धता व्यक्त गर्न नेपाल आउनुभएको हो’, उनले भने, ‘घटनाक्रम जसरी विकसित भए पनि चीनप्रतिको मित्रता र प्रतिबद्धताबारे आश्वस्त गरो

अमेरिकी र चिनियाँ राजदूतले पनि मनाए दसैँ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होऊ यान्छीले दसैँ मनाएका छन्। उनीहरू दुवै जनाले विजया दशमीको टीका र जमरा लगाउँदै दसैँ मनाएका हुन् ।  अमेरिकी राजदूत बेरीले परिवार र साथीसंगीसँग दसैँका तस्बिर राख्दै लेखिएको छ –’तपाईँको दसैँवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? राजदूत बेरी, युएसएड मिसनका निर्देशक र परिवारका […]

चिनियाँ राजदूतले मनाइन् दसैँ

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दसैँ मनाएकी हुन् ।सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् – मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।Glad to celebrate Dashain Festival with my Nepali colleagues! Wish all Nepali brothers&sisters good health, happiness and achievement in your life!मेरा नेपाली सहकर्म

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीसँग टेलिफोन वार्ता, खोपबारे आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधवार टेलिफोन संवादमार्फत कोरोना विरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी छन् ।राष्ट्रपति भण्डारीले बुधवार दिउँसो राष्ट्रपति सीसँग टेलिफोन संवादमार्फत नेपाललाई खोप उपलब्ध गराउन आग्रह गरेकी राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले लोकान्तरलाई जानकारी दिए ...

पोखरामा विमानस्थल बनाइरहेका चिनियाँ नागरिक दशैँ मनाउँदा दङ :: Pahilopost.com

राजु आचार्य - पोखरा : 'यो चामल हो?'  कहिले पनि चामलको टीका नलगाएका 'झू'ले नेपालीलाई सोधेl उनले थपे 'यो चामलमा के-के मिसाएको छ?   सँगै बसेका छेन्जुइन् हाँसिरहेl उनीहरू हाँस्दा ढाका टोपी खस्छ कि झैँ गरी टाउको नहल्लाई हाँसिरहेका थिए l  कानमा जमरा राख्दा १५ जना चिनियाँ खुसी देखिन्थे