काठमाडौं : पाकिस्तान, अफगानिस्तान र भारत हुँदै नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई लिएर राजनीतिक तथा कूटनीतिक क्षेत्रमा विभिन्न टीका टिप्पणी भइरहेको छ।तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आएका वाङको भ्रमणलाई चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के चिनियाँ मित्रता र प्रतिबद्धताको माध्यमका रूपमा लिन्छन्। ‘वाङ यी चीनको मित्रता र प्रतिबद्धता व्यक्त गर्न नेपाल आउनुभएको हो’, उनले भने, ‘घटनाक्रम जसरी विकसित भए पनि चीनप्रतिको मित्रता र प्रतिबद्धताबारे आश्वस्त गरो