नइ प्रकाशनले पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो । गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरू नइ रजत महोत्सव पदकबाट सम्मानित भएका छन् । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक प्रदान गर्न सकेको थिएन । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय