काठमाडौं : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।नइ प्रकाशनले सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा।डा।दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ।नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानको अक्षुण्णता, संरक्षण र संवर्धनका लागि अटल प्रतिबद्ध श्री कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भए