कालिकोटमा ५९५ कर्मचारी खटिए

शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि कालिकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए । जिल्लामा ४१ हजार ९४४ पुरुष र ३८ हजार ४७२ महिला गरि कूल ८० हजार ४१६ मतदाता रहेका छन् । त्यसका लागि ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्र

सम्बन्धित सामग्री

चितवन-२ काे मतदानस्थलमा कर्मचारी खटिए

काठमाडौं । यही वैशाख १० गते हुने चितवन-२ मा हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिन थालेका छन् । ४३ वटा मतदान स्थलका १ सय ३८ केन्द्रमा ६ सय ९० जना कर्मचारी खटिएका हुन् । मतदान अधिकृतलाई शुक्रबारदेखि मतदान केन्द्रमा खटाएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । एक मतदान केन्द्रमा ५ जना कर्मचारी खटाइएको छ […]

सोलुखुम्बुमा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटिए

सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतिले जानकारी दिनुभयो । निर्वाचनमा खटिनेमा ४ सय ५० भन्दा बढी शिक्षक र अन्य निजामती कर्मचारी रहेका छन् […]

बुढिगंगा नगरपालिकामा निर्वाचनका लागि कर्मचारी खटिए

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचनका लागि ९५ जना कर्मचारी खटिएका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत ९५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् […]

स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी खटिए

मान्म– भोलि हुने स्थानीय तहका निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् ।  जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए । जिल्लामा ४१ […]

लमजुङमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिए

लमजुङ– स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना […]

स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन […]

स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन […]

जुम्लामा निर्वाचनका लागि ४९६ कर्मचारी खटिए

२५ वैशाख, जुम्ला । जुम्लामा १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदानस्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारी कार्यक्षेत्रमा खटिएका हुन् । उनका अनुसार पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा कम […]

जुम्लामा कृषि गणनामा कर्मचारी खटिए

खलङ्गा । जुम्लाका आठ वटै स्थानीय तहमा कृषि गणनाका लागि ३८ कर्मचारी खटिएका छन् । जिल्लामा ३० गणक र आठ सुपरिवेक्षक खटिएको जिल्ला कृषि गणना कार्यालय जुम्लाका कृषि गणना अधिकृत लक्ष्मण कँडेलले बताए । उनले भने, ‘गणकले जिल्लाका ७७ गणना क्षेत्रबाट कृषि गणना गर्नेछन् । करिब तीनदेखि चार गणकलाई एक सुपरिवेक्षकले ‘गाइड’ गर्नेछन् । एक […]

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।