हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।