राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जानकारी गराएका छन् । पछिल्ला तीन हप्तामा नेम्वाङ्गले अनावश्यक नाटक गरेर आफूलाई तनाव दिइरहेको जनाउँदै अल्मुताइरीले लेखेका छन्‚ ‘आशा गर्दछु […]

सम्बन्धित सामग्री

विश्वकप छनोट खेल्ने टिमको घोषणा

नेपालले विश्वकप छनोट प्रारम्भिक चरणमा बिहीबार लाओसको सामना गर्दैछ र त्यसको अघिल्लो दिन २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३४ सदस्यीय टिम घोषणा गरेका हुन् ।

सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ ।

अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत अलमुताइरीले पद छाडेको घोषणा गरेका छन्। ‘नेपाली फुटबलको सेवामा रहेको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा मेरो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भनेका छन्, ‘खुसी, माया, दु:ख र पीडासहितको यो यात्रामा…

एएफसी यू–२३ एसियन कपको छनोट खेल खेल्ने नेपाली टोली घोषणा

एएफसी यू–२३ एसियन कपको छनोट चरणका लागि नेपाली टिमको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ ।प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको सिनियर टोलीका ६ खेलाडीलाई समेत समेट्दै प्रशिक्षक महर्जनले नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन् ।डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरमा नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलानसँगै फरवार्ड मनिष डाँगी यू–२३ टोलीमा समावेश छन् । राष्ट्रिय टोलीकै अनुभव भएका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल टज् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु छन् । मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि समावेश हुँदा आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का रहेका छन् ।एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोट खेलमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ ।एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता भने सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा आयोजना हुनेछ ।नेपाल हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगितामा छनोट हुन सकेको छैन । पछिल्ला दुई संस्करणमा नेपाली टोली जितविहिन मात्रै नभई गोलबिहिन हुँदै घर फर्किएको छ । २३ सदस्यीय अन्तिम टोलीःगोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बरालडिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङमिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारीफरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

अल्मुताइरीले औपचारिक रुपमा राजीनामा दिएनन्, एन्फा भन्छ छलफल जारी छ

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम(पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्‍मुताइरीले आइतबार सामजिक सञ्जाल फेसबुकमार्फत एउटा घोषणा गरे, राजीनामा दिने । फेसबुकमा निकै सक्रिय रहने अल्मुताइरीले महत्वपूर्ण घोषणा गर्दा पनि सोही माध्यमलाई छाने ।  अल्मुताइरीको दाबी थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंक…

अल्मुताइरीले औपचारिक रुपमा राजीनामा दिएनन्, एन्फा भन्छ छलफल जारी छ

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम(पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्‍मुताइरीले आइतबार सामजिक सञ्जाल फेसबुकमार्फत एउटा घोषणा गरे, राजीनामा दिने । फेसबुकमा निकै सक्रिय रहने अल्मुताइरीले महत्वपूर्ण घोषणा गर्दा पनि सोही माध्यमलाई छाने ।  अल्मुताइरीको दाबी थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंक…