एएफसी यू–२३ एसियन कपको छनोट खेल खेल्ने नेपाली टोली घोषणा

एएफसी यू–२३ एसियन कपको छनोट चरणका लागि नेपाली टिमको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ ।प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको सिनियर टोलीका ६ खेलाडीलाई समेत समेट्दै प्रशिक्षक महर्जनले नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन् ।डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरमा नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलानसँगै फरवार्ड मनिष डाँगी यू–२३ टोलीमा समावेश छन् । राष्ट्रिय टोलीकै अनुभव भएका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल टज् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु छन् । मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि समावेश हुँदा आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का रहेका छन् ।एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोट खेलमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ ।एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता भने सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा आयोजना हुनेछ ।नेपाल हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगितामा छनोट हुन सकेको छैन । पछिल्ला दुई संस्करणमा नेपाली टोली जितविहिन मात्रै नभई गोलबिहिन हुँदै घर फर्किएको छ । २३ सदस्यीय अन्तिम टोलीःगोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बरालडिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङमिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारीफरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का