निद्राको समस्या छ भने भुलेर पनि यी चिज नखानुहोस्

निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ। यदि निद्रा गडबड भयो वा राति राम्रो निद्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन थाल्छ ।यी ८ खानेकुरालाई कालोसूचीमा राख्नुहोस्मदिरा – यदि तपाईं दिनको थकान र निद्रा राम्रो हुन्छ भन्ने सोचेर राति सुत्नुअघि रक्सी पिउनुहुन्छ भने आफ्नो सोच बदल्नुहोस् । किनभने यसो गर्दा तपाईंको निद्रा मात्रै होइन स्वास्थ्यमा पनि असर परिरहेको छ । यसमा क्यालोरी पनि धेरै हुन्छ जसले तौल बढाउने र मधुमेहलाई बढावा दिन्छ।पिज्ज

सम्बन्धित सामग्री

नेपाली चिज उद्योग संकटमा, समस्या समाधान गर्न सरकारलाई आग्रह

काठमाडौं । चिज उद्योगी व्यवसायीले भारतीय चिजका कारण नेपाली चिज उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सरकारले कच्चा दुधको मूल्य बढाउने निर्णय गरेसँगै चिजको मूल्य पनि बढेको थियो । नेपाली चिजको मूल्य बढेपछि सस्तोमा भारतीय चिज भित्रन थालेकाले पछिल्लो समय नेपाली चिज स्टक हुन थालेको छ । हिमालय चिज उत्पादक संघका अध्यक्ष रिन्जी फूर्वा शेर्पाले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेका छन्,`कच्चा दुधको मूल्य वृद्धि हुँदा चिजको मूल्य वृद्धि हुनु पनि स्वभाविक हो । तर, यसैबीचमा छिमेकी मुलुक भारतबाट विभिन्न ब्राण्डका चिज नेपाली बजारमा निर्वाध रूपमा भित्रिएर विक्रीवितरण भइरहेका छन् । भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।´ पछिल्लो समय कराडौं रुपैयाँ बराबरका उत्पादित चिज स्टक भएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, `उद्यमीहरूले थप चिज उत्पादन गर्न नसकेर उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानसम्म परेको छ ।´ संघले भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ । संघले भनेको छ, `आत्मनिर्भर तथा स्वदेशी उद्योगका रूपमा स्थापित भएका चिज उद्योग संरक्षण गर्न र यसलाई बचाउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गर्दछौं ।´ नेपाली स्वदेशी चिज उद्योगलाई संरक्षण गर्नका लागि गैरकानुनी ढङ्गले आयात भइरहेको चिजलाई तत्काल नियन्त्रण गर्न, भन्सार कर बढाएर आयात निरुत्साहन गर्न तथा नेपाली चिज उद्योगीलाई अनुदानको व्यवस्था गर्न र दुधको लागत मूल्य घटाउनेतर्फ पहल गर्न संघले माग गरेको छ । नेपाली चिजको अन्तरराष्ट्रिय बजारमा समेत माग भइरहेको भन्दै सहजीकरण गरिदिन समेत संघले आग्रह गरेको छ । व्यावसायीले हिजो मात्रै कृषिमन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

करोडौंको चिज र घिउ उद्योग–भण्डारमै थन्कियो

छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।

करोडौंको चिज र घिउ उद्योग–भण्डारमै थन्कियो

छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।

करोडौंको चिज र घिउ उद्योग–भण्डारमै थन्कियो

छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।...

छाती पोल्ने, घाँटीमा केही अड्किए झैं हुने ग्याष्ट्रिक नै हो ?

पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छातीको माझमा दुख्ने समस्या लिएर धेरैजना अस्पताल आउने गर्छन् । यस्तो समस्या देखिनसाथ हामी ‘ग्याष्ट्रिक भयो’ भन्छौं । तर, सबै अवस्थामा यो ग्याष्ट्रिक नहुन सक्छ । के त्यसो भए यो अल्सरको कारण हो त ? कतिपय […]

निद्राको समस्यासँग जुधिरहेकाहरुले बिर्सेर पनि नखानुहोस् यस्ता चिज

निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ । यदि निद्रा गडबड भयो वा राति राम्रो निन्द्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन थाल्छ ।यी ८ खानेकुरालाई कालोसूचीमा राख्नुहोस्मदिरादिनभरीको थकाई मेट्ने र राती मिठो निद्रा पर्छ भनेर मदिरा सेवन गर्नुहुन्छ भने तपाईंले आफ्नो सोच बदल्ने बेला आएको छ किनभने तपाईंले यस्तो गरेर निद्रा मात्रै नभई स्वास्थ्यलाई  पनि बर्बाद पारिरहनुभएको छ । मदिरामा क्यालोरी पनि धेरै हुन्छ जसले तौल बढाउने र मधुमेह बढाउने काम

‘कांग्रेसले हामीलाई दोस्रो बन्न सघाए सब चिज सहज जान्छ, नभए जाँदैन’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन्। शनिबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो नभए गठबन्धनमा समस्या आउने संकेत गरे। ‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाइँहरु नै हुने देखियो’, प्रचण्डले भने, ‘दोस्रो माओवादी केन्द्र नै हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन।&rsq

पर्समा यी चिज नराख्नुहोस् भाग्न सक्छिन् लक्ष्मी

समान्यता हरेक व्यक्तिहरुको धनी बन्ने चाहना हुन्छ । प्राय सबैको चाहना हुन्छ कि जीवनमा कहिले पनि धनको कमी नहोस ।त्यही धनको कमी नहोस भन्नका लागि मानिसहरु दिनरात ,भोक, तिर्खा नभनीकन मेहनत गरी रहेका हुन्छन् । तर, कतिपय अवस्थामा यति धेरै प्रयास गर्दा पनि सफल हुन सकिदैँन । सोही समस्या समधान गर्नका लागि वास्तु शास्ले केही उपायहरु बताएको छ । जसको दैनिक रुपमा पालना गर्नाले लक्ष्मीको साथ सधैँ बनिरहन्छ ।

हेर्नुहोस् केही दिनमा नै मधुमेह कम गर्ने एक चिज

पछिल्लो समय विश्वभर मधुमेहका रोगीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । पछिल्लो समय मधुमेह आम समस्या जस्तै बनिसकेको छ । बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन् ।

एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

वैशाख ६, म्याग्दी । विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएका थिए ।  लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग पनि नभएकाले उद्योग पुन: सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ सालको चैतदेखि बन्द अवस्थामा रहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चिजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज पनि कुहिएर खेर गएकाले चिज उद्योग पुन: सञ्चालन गर्न नसकिएको घारको हिमालय चिज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए । खड्काका अनुसार गत साल लकडाउन शुरु भएपछि चिजको माग घट्यो । ‘स्टक’ रहेको चिज स्थानीयलाई रू. ५०० प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चिज उद्योग पूर्णरूपमा बन्द गरिएको हो । चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई विक्री गर्र्न थालेको स्थानीयवासीले बताएका छन् । घारको हिमालय चिज उद्योगमा ३५ जना कृषक आबद्ध छन् । उनीहरुले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् ।  नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३०० लिटर दूध उत्पादन गरी चिज उद्योग सञ्चालन भएको थियो । चिज उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषक हतोत्साही बनी धमाधम गाई नै बिक्री गर्न थालेका स्थानीयवासी लिलबहादुर खड्काले बताए ।  घारका ३५ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरूपमा चिज उत्पादन गर्दै आएका छन् । त्यतिबेला रू. २० लाखको लगानीमा कृषकले चिज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै रू. ३२ लाख पुर्‍याएका थिए ।  जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले चिज उद्योग सञ्चालन गरी गुणस्तरीय चिज उत्पादन गर्दै आएको भए पनि बजारको समस्याले नियमित विक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिवसमेत रहेका खड्काको भनाइ छ ।  गाउँका ४५ कृषकले दैनिकरूपमा चिज उद्योगमा दूध विक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिटर रू. ६० देखि ९० सम्ममा कृषकबाट दूध खरीद गर्दै आएको छ । चिजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जानकारी दिएको छ । व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले रू. ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि रू. एक लाखदेखि तीन लाखसम्म लगानी गरी स्थानीयवासीले उन्नत जातको गाई खरीद गरेका थिए । अहिले चिज उद्योग बन्द भएपछि यी किसान ठूलो समस्यामा परेका छन् । चिज उद्योग सञ्चालन हुने/नहुने कुराको टुंगो नलाग्दा किसान गाई बेच्ने वा पाल्ने भन्ने द्विविधामा परेको स्थानीयवासी कृष्णप्रसाद बरुवालले बताए । रासस