छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।
छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।
छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।...
चौँरीपालनका लागि उपयुक्त स्थान मानिएको पाँचथरको फालेलुङ गाउँपालिकाकामा चौँरीको दूधबाट चिज बनाउन थालिएको हो । स्थानीय किसानकै अगुवाइमा फालेलुङका तीन स्थानमा चिज बनाउन थालिएको हो । फालेलुङमा वर्षौंदेखि चौँरी पालिँदै आए पनि यहाँ उत्पादन भएको चौँरीको दूधबाट घिउ र छुर्पी मात्रै बनाइन्थ्यो । पछिल्लो पटक फालेलुङ–४ को फालौटका सात, चाररातेका सात र घले भन्ज्याङका पाँच गरी १९ जना किसानले १८ लाख रुपियाँको लागतमा तीनवटा डेरी उद्योग सञ्चालन गरेर ‘याक चिज’ उत्पादन गर्न थालेको स्थानीय अगुवा किसान जङ्ग राईले जानकारी दिनुभयो । ती डेरी उद्योगले असार अन्तिम सातादेखि चिज उत्पादन गर्न थालेका हुन् । विदेशी पर्यटकले रुचाउने भएकाले सोलुखुम्बु, काठमाडौँ र पोखराका होटल सञ्चालकले यहाँ उत्पादन भएको याक चिज किनेर लैजाने गरेका छन् ।
चाडबाडलाई लक्ष्य गरी सरकारले खाद्य वस्तुमा छुट दिने निर्णय गरे पनि बिक्री मूल्य भने निजी क्षेत्रको तुलनामा महँगो राखेको छ । असोज १ देखि सञ्चालन हुने सहुलियत पसलमा सरकारले दुग्ध विकास संस्थान (डीडीसी) मार्फत घिउ, चिज, पनिर, दहीमा छुट दिने निर्णय गरेको छ । घिउमा प्रतिकिलो ५०, चिजमा २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने प्रतिबद्धता जनाएको डीडीसीले बजारमूल्य भने निजी डेरीभन्दा महँगो राखेको हो ।
पाँचथरको फालेलुङ गाउँपालिकास्थित उच्च पहाडी क्षेत्रका पशुपालकले चौंरीको दूधबाट चीज बनाउन सुरु गरेका छन् । यसअघि घिउ र छुर्पी मात्रै बनाएर बिक्री गरिरहेका किसानले निजी लगानीमा चौंरीको चीज बनाउन थालेका हुन् ।
मासाहार र साकाहारवाद परम्परादेखि चल्दै आएको विचार र चिन्तन हो । जहिलेदेखि मानिस पृथ्वीमा छन्, त्यही बेलादेखि नै समाजमा यो चिन्तन र आहार विषयक ध्रुवीकरण विद्यमान छ । अहिले मानिसमा करिब सात दशकदेखि नयाँ सोच र विचारले घर गरेको छ । संसारमा माछामासु मात्रै होइन, पशुपन्छीलाई मारेर या नमारेर प्राप्त हुने दूध, दही, मह, चिज, घिउ, नौनीलगायतका वस्तु मानिसले जहिलेसम्म खाइरहन्छ, तबसम्म पशुपन्छीले दुःख पाउन छाड्दैनन् । अझ यसमा व्यावसायिकता र बजार अर्थतन्त्रले प्रवेश पाएपछि उपभोक्तावादी सोचका कारण तिनीहरूप्रति घनघोर निर्दयता, क्रुरता र पाशविकता बढ्न गई मानवीयता भन्ने विषय नै रहने छैन भन्ने चिन्तनले पशुपन्छीजन्य वस्तुसमेत नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने विश्वव्यापी अभियान सुरु भइरहेको छ । यसलाई नेपालमा कोही शुद्ध साकाहार भन्ने नाम दिन उद्यत भइरहेका छन्, कोही विशुद्ध साकाहार भन्न रमाउँछन् । अङ्ग्रेजीमा यसलाई ‘भिगन’ भनिन्छ ।
आवश्यक सामग्री : २०० ग्राम मटरकोसा, २०० ग्राम आलु, २०० ग्राम काउली, २०० ग्राम घिउ सिमी कोसा, २०० ग्राम प्याज, मरीचको गेडा ५ ग्राम, दालचिनी एक इन्चको टुक्रा-१, भेडे खुर्सानी २०० ग्राम, २५ ग्राम कर्नफ्लोर, २५ ग्राम चिज, २५ ग्राम क्रिम, २५ ग्राम पिनटको पेस्ट, गाँजर २ वटा, नुन इच्छानुसार, जिराको धुलो, बेसारको धुलो, धनियाँको धुलो […]
विद्यालय मानव इतिहासको मानव बनाउने स्थल होइन मानवता बनाउने थलो बनोस् । विद्यालय त ठेकी बनोस् जहाँ दूधबाट दही भइसकेका विद्यार्थीहरूलाई मथेर घिउ बनाउन सकियोस् चिज बनाउन सकियोस् जसलाई दीर्घकाल प्रयोग गर्न सकियोस् ।
बाँकेमा नौ करोडको लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीमा स्थानीय सरोज पाण्डेसहित विभिन्न व्यवसायीले सामूहिक लगानी गरेर एसके दूध डेरी इन्डस्ट्रिज प्रालि सञ्चालन गरेका हुन् ।
साढे पाँच कठ्ठा जग्गामा ९ करोड लगानीमा स्थापना गरिएको डेरी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गर्ने योजना बनाएको छ । बर्दियाको मैनापोखरस्थित भगवती दुग्ध उत्पादक सहकारी संस्थासँग सहकार्य गरेको डेरी उद्योगले रोयल च्वाइस ब्राण्डको दूधका उत्पादनका साथै उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन गर्ने सञ्चालक पाण्डेले बताए । “हामी दूधमात्रै नभई दूधका अन्य परिकारसमेत उत्पादन गर्छौं,” उनले भने ।
धादिङको उत्तरी क्षेत्रमा उत्पादित दुग्धजन्य वस्तु चिनियाँ बजारमा निर्यात हुने गरेको छ । यहाँका किसानले उत्पादन गरेका चौंरीको घिउ, दूध र चिज छिमेकी देशको केरुङमा पैठारी हुने गरेका हो ।