‘कांग्रेसले हामीलाई दोस्रो बन्न सघाए सब चिज सहज जान्छ, नभए जाँदैन’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन्। शनिबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो नभए गठबन्धनमा समस्या आउने संकेत गरे। ‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाइँहरु नै हुने देखियो’, प्रचण्डले भने, ‘दोस्रो माओवादी केन्द्र नै हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन।&rsq