रुसले क्रिमियाजस्तै युक्रेनको भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । गुप्तचरको सूचनालाई उद्धृत गर्दै राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभागलाई गाभ्ने प्रक्रिया सुरुसमेत गरिसकेको दाबी गरेका हुन् ।रुसले कब्जा गरेको युक्रेनको भूभागमा चाँडोमा सेप्टेम्बर महिनासम्ममा रुससँग गाभिने विषयमा ‘जनमत सङ्ग्रह’ गर्ने तयारी गरिएको उनको भनाई छ । रुसले सन् २०१४ मा जनमतसंङ्ग्रह गरेर नै क्रिमियालाई आफ्नोमा गाभेको थियो । त्यसलाई पश्चिमा राष्ट