रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने बताउनुभएको छ । द वाल स्ट्रीट जर्नलसँगको कुराकानीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरीकनै युद्धविराम गर्दा उसलाई झनै सहज हुने । उसको जित जस्तै मानिने भएकाले युक्रेनको सबै भूमि फिर्ताविना युद्धविराम हुन नसक्ने बताउनुभएको छ । युद्धविरामको फाइदा उठाएर रुसले युद्धको थप तयारी गर्ने र पुनः आक्रमण थाल्ने भएकाले भरपर्दो सम्झौताविना युद्धविराम गर्न नहुने पनि जेलेन्स्कीको भनाई छ । विभिन्न बहानाबाजी गर्...

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठक कंग्रेसलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै […]

युक्रेनी राष्ट्रपति किन जाँदै छन् अमेरिका ?

न्युयोर्क– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू वासिंगटनतर्फ जाँदै गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्न सक्ने विभिन्न आँकलनबीच उनले त्यसबारे पुष्टि गरेका हुन् । अमेरिका भ्रमणका क्रममा उनले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् ।  फेब्रुअरीमा  रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ । […]

रुसले ‘मानवता विरोधी अपराध’ गर्‍यो: जेलेन्स्की

रुसले ‘मानवता विरोधी अपराध’ गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले लगातार मिसाइल आक्रमण गरिरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै उनले भनेका छन्,‘रुसले अपनाएको आतंकको फर्मुलाले दशौँलाख मानिस ऊर्जाको आपूर्ति बिना बस्न बाध्य भएका छन्। पानीको आपूर्ति छैन। चिसोमा तापको स्रोत छैन।’ रुसले […]

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

काठमाडौं– रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् । पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् । सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि […]

रुसले युद्धमा आतंकवादी उपाय अपनाइरहेको छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धकामा आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन् । राजधानी किभबाट  मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादी (इस्लामिक स्टेट)जस्तै छ।’ जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका छन् । उनले युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताए । ‘यति सबै हुँदाहुँदै पनि ७ हजार १४४ जनाको उद्धार […]

रुसले मिसाइल हमला गर्‍यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मिसाइल हमला भएको रिपोर्टको पुष्टि गरेका छन्। उनले रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको बताए । युक्रेनका विभिन्न सहरबाट आक्रमणको खबर आइरहेको छ । राजधानी कीभमा हवाई आक्रमणको साइरन बज्यो। जताततै अराजकता छ । सडकमा विपरित […]

रुसले कुनै पनि बेला आक्रमण गर्नसक्ने युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं । रुसले युरोपमा कुनै पनि बेला ठूलो आक्रमण गर्नसक्ने दाबी युक्रेनले गरेको छ । देशभर संकटकाल लागू गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्ध कुनै पनि बेला युद्ध सुरू गर्ने र त्यो युरोपभर फैलिनसक्ने दाबी गर्नुभएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो फोन कल नउठाएको जानकारी दिँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिन आक्रमणको […]