रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गर्नुभएको छ । पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको बीबीसीले जनाएको छ । उहाँले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताउनुभएको छ । युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फ...

सम्बन्धित सामग्री

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामको घोषणा : युक्रेनको अस्वीकार

युक्रेनमाथि आक्रमण सुरु गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक ३६ घण्टे युद्धविरामको घोषणा गरेको छ। ‘अर्थोडक्स’ इसाईहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गर्नुभएको हो। जनवरी ७ तारिखमा ‘अर्थोडक्स’ क्रिसमस मनाइँदैछ । युक्रेनले अस्थायी युद्धविरामलाई अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम...

रुसले कब्जा गरेका दर्जनौँ गाउँ फिर्ता लिएको युक्रेनको दाबी

रुसले कब्जा गरेकाे खार्किभ क्षेत्रभित्रका ३० वटा ठाउँका दर्जनाैँ गाउँ फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले खार्किभको एक हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता गरेको र ५० किलोमिटर अघि बढेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले अब रुसलाई अन्य क्षेत्र कब्जा गर्न नदिने र उसले कब्जा गरेको भूमि फिर्ता गर्ने अभियान चलाएको घोषणा गरेको छ । खार्किभमा अपेक्षा गरेभन्दा छिटो सफलता मिलेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । समाचारको पुष्टि गर्न युक्रेनले पत्रकारलाई प्रव...