युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत क्षेत्रफल कब्जा गरेको बताउनुभएको छ ।
लक्जमबर्गको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको २० प्रतिशत भाग अर्थात् लक्जमबर्ग र नेदरल्यान्डकाे संयुक्त क्षेत्रफलभन्दा धेरै भूमि कब्जा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।
युक्रेनको ६ लाख तीन हजार वर्ग किलोमिटर क्षेत्रमध्ये एक लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र रुसले कब्जा गरेको छ । यसमध्ये क्रिमिया र पूर्वी युक्रेनका केही भाग रहेका छन् । युक्रेनको सात प्रतिशत भूमिमा रहेको क्रिमियालाई रु...