यातायात ठप्प हुँदा यात्रु मर्कामा

पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । सो समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा स्थानीय यातायात सेवा ठप्प हुँदा यात्रु मारमा परेका हुन् ।

सम्बन्धित सामग्री

यातायात ठप्प, यात्रु अलपत्र

पछिल्लो पटकको अविरल वर्षा रोकिएपछि जनजीवन आफ्नो लयमा फर्किने प्रयासमा रहे पनि पूर्ण रूपमा सहज बनेको छैन । गौर समाचारदाताका अनुसार तीन दिनदेखि परिहेको अविरल वर्षाका कारण रौतहटको बागमती, झाँझ, लालबकैया नदीमा आएको बाढीले आइतबार सदरमुकाम गौर डुबानमा परेको छ ।

पोखराका यातायात व्यवसायीको दादागिरी

१३ साउन, पोखरा । रातो नम्बर प्लेटलाई पनि यात्रु ओसार्न दिने गरी सरकारले कार्यविधि ल्याउन लागेको भन्दै गाडी थन्क्याएर सार्वजनिक यातायात ठप्प पारेका व्यवसायी तथा मजदुरले पोखरामा अराजकता प्रदर्शन गरेका छन् । आन्दोलनरत व्यवसायी तथा …

यातायात व्यवसायी ‘भर्सेस’ राइड सेयरिङ विवाद : पोखरामा सार्वजनिक यातायात ठप्प

मोबाइल एपमार्फत यात्रु ओसोरपसार गर्ने कार्य ‘राइड सेयरिङ’लाई वैधानिकता दिने गरी प्रदेश सरकारले कार्यविधि ल्याउन लागेपछि गण्डकीका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । रातो नम्बर प्लेटका सवारीलाई यात्रु ओसारपसारको अनुमति दिने गरी कार्यविधि आउन लागेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकीले आइतबार सार्वजनिक यातायात ठप्प पारेको हो ।

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

१३ साउन, पोखरा । यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले …

यातायात बन्द हुँदा यात्रु मारमा

पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण यातायात ठप्प हुँदा यात्रु मारमा परेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधरले आह्वान गरेको यातायात बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन नहुँदा यात्रु मारमा परेका हुन् ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डमा फेरि पहिरो, डाइभर्सन पनि बग्यो

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डमा फेरि पहिरो खसेको छ । तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ । यात्रु बीच बाटोमै अलपत्र परेका छन् । हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गएराति दुई ठाउँमा पहिरो खसेपछि पूर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेको छ । माथिबाट पहिरो खस्ने क्रम नरोकिएक...

कर्णाली करिडोरमा यातायात ठप्प

करिडोरको प्रवेश द्धारा खुलालुदेखी हुम्ला,बाजुरा पलाँता,पचालझरना,र रास्कोट सम्म संचालन हुने साना ठूला सवारी साधनहरु सडकमै लाम लागेका छन यात्रु अलपत्र परेको स्थानियले बताएका छन्।...

मर्कामा यात्रु

मुलुकका अधिकांश भागमा निषेधाज्ञा जारी छ र यसलाई केही खुकुलो बनाउँदै लगिएको छ । तर, सार्वजनिक यातायातमाथि प्रतिबन्ध कायमै छ । प्रतिबन्ध भए पनि सार्वजनिक सवारीसाधन र केही मात्रामा निजी सवारीसाधनले पनि दोब्बर बढी भाडामा लामो दूरीका यात्रुहरू ओसारिरहेका छन् । प्रहरीकै सामुन्ने यसरी सवारीसाधन सञ्चालनमा आए पनि न सञ्चालनमा रोक लगाइएको छ न त बढी भाडा लिनेलाई कारबाही नै गरिएको छ । सार्वजनिक सवारीसाधन ठप्प पार्दा गाह्रोेसाँघुरामा परेका मानिसहरूलाई झनै समस्या थपिएको छ । संकटका बेलामा राज्यको उपस्थिति अन्य बेलामा भन्दा बलियो हुनुपर्छ । संकटमा परेकाहरूलाई राहत दिन होस् वा अमनचैन र सुव्यवस्था कायम गर्न होस्, यस्तो बेलामा राज्यको ध्यान पुगेन भने सामान्य नागरिक असुरक्षित हुनुका साथै उनीहरूले अराजकताको मूल्य बढी चुकाउनुपर्ने हुन्छ । कोरोना महामारीका बेलामा सरकार स्वास्थ्योपचारका क्षेत्रमा त असफल भएकै छ । साथै, कानून कार्यान्वयनमा समेत चुकिरहेको छ । संकटका बेलामा अवसरवादीहरू मौलाउँछन्, अप्ठ्यारामा परेकाहरूमाथि उनीहरूले विभिन्न किसिमका शोषण गर्छन् । अहिले संकटको फाइदा उठाउँदै विभिन्न क्षेत्रमा लुट चलिरहेको छ । प्रमाणसहित आए कारबाही गर्छौं भन्ने बनिबनाउ जवाफ प्रधानमन्त्रीदेखि सामान्य प्रहरीसम्ममा पाउन थालिएको छ । सार्वजनिक सवारीसाधनले अहिले दोब्बरभन्दा बढी भाडा उठाउँदा पनि यस्तै जवाफ दिइएको छ । लामो समयसम्म निषेधाज्ञा लगाइएपछि नागरिकहरू विभिन्न व्यक्तिगत समस्यामा पर्छन् । यस्तो बाध्यतामा परेकाहरूका लागि विशेष व्यवस्था गर्न सकिन्थ्यो । तर, त्यसो भएको छैन । सरकारले एकातिर निषेधाज्ञाको निर्णय गर्दै जाने अनि समस्यामा परेकाहरूका बारेमा वास्ता नगर्ने तथा निर्णयको कार्यान्वयन कसरी भइरहेको छ भन्ने पनि राम्ररी अनुगमन गरेको पाइँदैन । नेपालको पश्चिम भागतर्फ जान कलंकीमा बसको लाइन देखिन्छ तर दोब्बर भाडा लिइन्छ । यात्रुलाई प्रहरीसमक्ष प्रचलित भाडा दर नै तिरेको भन्न लगाइन्छ । यसो नगरे उनीहरू गन्तव्यसम्म जान वञ्चित हुन्छन् । त्यस्तै पूर्वतिर जाने गाडीहरू पनि पाइन्छन् । केन्द्रीय सरकारले नभई प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा लगाउँदा यस्तो समस्या आएको देखिन्छ । निषेधाज्ञा लगाउँदा सार्वजनिक यातायात ठप्प पार्नु पहिलो गल्ती हो । स्वास्थ्य सुरक्षामा कडाइ गरेर निश्चित मापदण्डका साथ यस्ता सवारीसाधन आंशिक रूपमै भए पनि चल्न दिनुपर्छ । विशेष परिस्थितिमा मानिस आवतजावत गर्न दिइएको छ, पास लिएर गाडीहरू पनि चल्न दिइएको छ । तर, नियमित नहुँदा भाडामा मनपरि भइरहेको छ । नियमित अन्तरराष्ट्रिय उडान बन्द गर्दा चार्टर उडानका लागि स्वीकृति दिइएको छ जसले गर्दा हवाई यात्रुले पनि महँगो भाडा दर तिर्न बाध्य भएका छन् । देशभित्र वायु सेवा सञ्चालन गर्न दिएको भए कम्पनीहरूबीच प्रतिस्पर्धा भई सवारीसाधनको भाडाकै हाराहारीमा विमानबाट यात्रा गर्न पाउँथे । तुलनात्मक रूपमा वायु सेवामा स्वास्थ्य मापदण्डको पालना राम्रोसँग भएको पाइन्छ । त्यसैले राष्ट्रिय र अन्तरराष्ट्रिय उडान पनि रोक्नु हुँदैन । यी दुबै उडान आंशीक रूपमा खुला गर्ने निर्णय सोमवार बेलुकी भएको छ जुन सकारात्मक छ ।  साथै, सार्वजनिक यातायात पनि कडा मापदण्डका साथ खुलाउनुपर्छ । सार्वजनिक सवारीसाधन ठप्प पार्दा गाह्रोेसाँघुरामा परेका मानिसहरूलाई झनै समस्या थपिएको छ । सार्वजनिक सवारीसाधनहरूले यात्रुहरू समस्यामा परेकै बेला बढी भाडा असुल्ने गरेका छन् । दशैंको बेला होस् वा अन्य बेला, जति बेला यात्रुहरूको चाप बढ्छ त्यही बेला उनीहरू बढी भाडा असुल्न थालिहाल्छन् । बाध्यतामा परेका मानिसहरूसँग बढी भाडा असुले पनि यसलाई उनीहरूले स्वीकारेको भने पाइँदैन । सार्वजनिक सवारीसाधनको बेथिति सुधारका लागि सरकारले आँटिलो पहल गरेको पनि पाइँदैन । कामचलाउ र टालटुले नीति लिने गरेको छ । त्यसैको परिणति अहिलेको संकटमा पनि मनपरी भाडा असुली हुनु हो । अहिले जोरबिजोर गरेर ट्याक्सी सञ्चालन गर्न दिइएको छ । तर, कामकाजीहरूका लागि सार्वजनिक यातायातको विकल्प छैन । त्यसैले सरकारले जोरबिजोरका गाडी नियन्त्रणमा लिनुभन्दा स्वास्थ्य मापदण्डअनुसार नचलेको सवारीसाधनको अनुगमन गर्ने गरी सार्वजनिक यातायात सञ्चालनको विकल्पमा जानु उपयुक्त हुन्छ ।

महेन्द्र राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

लगातारको अविरल वर्षापछि सडक खण्ड भत्किएपछि पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। शनिबार बेलुका बाँकेको अगैयामा सडक खण्ड भत्किएपछि यातायात ठप्प बनेको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधान र हजारौं यात्रु अलपत्र परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए। उनले शनिवार बेलुकादेखि नै उक्त राजमार्ग मर्मतका लागि दाङबाट समेत प्रहरी खटाइएको जानकारी…