यातायात ठप्प, यात्रु अलपत्र

पछिल्लो पटकको अविरल वर्षा रोकिएपछि जनजीवन आफ्नो लयमा फर्किने प्रयासमा रहे पनि पूर्ण रूपमा सहज बनेको छैन । गौर समाचारदाताका अनुसार तीन दिनदेखि परिहेको अविरल वर्षाका कारण रौतहटको बागमती, झाँझ, लालबकैया नदीमा आएको बाढीले आइतबार सदरमुकाम गौर डुबानमा परेको छ ।

सम्बन्धित सामग्री

कर्णाली करिडोरमा यातायात ठप्प

करिडोरको प्रवेश द्धारा खुलालुदेखी हुम्ला,बाजुरा पलाँता,पचालझरना,र रास्कोट सम्म संचालन हुने साना ठूला सवारी साधनहरु सडकमै लाम लागेका छन यात्रु अलपत्र परेको स्थानियले बताएका छन्।...

महेन्द्र राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

लगातारको अविरल वर्षापछि सडक खण्ड भत्किएपछि पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। शनिबार बेलुका बाँकेको अगैयामा सडक खण्ड भत्किएपछि यातायात ठप्प बनेको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधान र हजारौं यात्रु अलपत्र परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए। उनले शनिवार बेलुकादेखि नै उक्त राजमार्ग मर्मतका लागि दाङबाट समेत प्रहरी खटाइएको जानकारी…