पृथ्वी राजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलानजिकै गत बुधबार बिहानै पहिरो खसेर यातायात ठप्प भयो । पहिरो सफा गर्ने क्रममा माथिबाट ढुंगा खसेर ‘लोडर अपरेटर’ धादिङ गल्छी–६ निवासी ४७ वर्षीय लीलाधर अधिकारी घाइते भए । दुईतर्फी सडक खुल्न दुई दिन नै लाग्यो ।