यातायात व्यवसायी ‘भर्सेस’ राइड सेयरिङ विवाद : पोखरामा सार्वजनिक यातायात ठप्प

मोबाइल एपमार्फत यात्रु ओसोरपसार गर्ने कार्य ‘राइड सेयरिङ’लाई वैधानिकता दिने गरी प्रदेश सरकारले कार्यविधि ल्याउन लागेपछि गण्डकीका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । रातो नम्बर प्लेटका सवारीलाई यात्रु ओसारपसारको अनुमति दिने गरी कार्यविधि आउन लागेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकीले आइतबार सार्वजनिक यातायात ठप्प पारेको हो ।

सम्बन्धित सामग्री

आज दिनभर ट्याक्सीमाण्डु फ्रि मै चढ्न पाइने

काठमाडौं । यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निशुल्क सेवा सञ्चालनमा ल्याएको छ । आज सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तब्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपमार्फत निशुल्क सेवा लिन सक्नेछन् । यातायात […]