स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुर पनि अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले तेलूगु फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएकी हुन् ।समाचारका अनुसार निर्माता दिल राजले खुशीलाई तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गराउँदैछन् । तर यस बिषयमा अहिलेसम्म कहिँकतैबाट आधिकारीक धारणा भने आएको छैन ।दिल राजुको खुसीको बुबा बोनी कपुरसँग राम्रो सम्बन्ध रहेको छ । बोनीले दिल राजुसँग मिलेर पवन कल्याण अभिनित सुपरहित तेलुगु फिल्म ‘वकील साब’ पनि निर्माण गरका थिए ।