तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु (शिव रामा कृष्ण घट्टामानेनी)को मंगलबार हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । कृष्णा बाबु तेलुगु सुपरस्टार महेश बाबुका पिता हुन् । करिब ५ दशकको फिल्मी करियरमा कृष्णा बाबुले ३५० भन्दा बढी फिल्ममा काम गरेर कीर्तिमान बनाएका थिए । उनले सबैभन्दा छिटो २०० फिल्म गर्ने कीर्तिमान राख्नुका साथै एउटै अभिनेत्रीसँग ४८ फिल्ममा काम गर्ने कीर्तिमान पनि राखेका छन् । कृष्णाले आफ्नी दोस्रो पत्नी