एजेन्सी। अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंहको अपार सफलतापछि बलिउड अभिनेता शाहिद कपुर दक्षिण भारतको हिन्दी रिमेकमा देखिने भएका छन्। शाहिद दक्षिण भारतको तेलुगु स्पोर्टस ड्रामा फिल्म ‘जर्सी’मा देखिने भएका हुन्। फिल्ममा शाहिदसँगै मृणाल ठाकुर पंकज कपूर पनि रहनेछन्। फिल्मलाई तेलुगु ‘जर्सी’कै निर्देशक गौथम तिन्ननूरीले निर्देशन गर्दैछन्। फिल्मको हिन्दी रिमेकलाई आउँदो पर्वमा रिलीज गर्ने तयारी छ।