तेलुगु अभिनेता नरसिंह यादवको निधन

एजेन्सी । तेलुगु अभिनेता नरसिंह यादवको ५७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार राति हैदरावादमा उनको निधन भएको हो ।  गत अप्रिलमा उनी किड्नीसम्बन्धी समस्यासँग जुधिरहेको समाचार सार्वजनिक भएको थियो ।  हैदरावादको एक निजी अस्पतालमा उनको उपचार चलिरहेको थियो । पछिल्लो हप्ता यादवको स्वास्थ निकै बिग्रिएको थियो ।नरसिंह यादव पछिल्ला ४० वर्षदेखि तेलुगु फिल्म उद्योगमा सक्रिय थिए । क्षण क्षणमा, मनी मनी, पोकिरीलगायत उनका फिल्म निकै चलेका थिए ।  १९७९ मा रिलिज भएको हेमा हिमिलू नामक फिल्ममार्फत उनले

सम्बन्धित सामग्री

‘बाहुबली’ कटप्पाको आमाको निधन - NepaliPatra

एजेन्सी । तमिल र तेलुगु अभिनेता सत्यराज बाहुबलीमा कटप्पाको भूमिकाबाट परिचित छन्। सत्यराजकी आमाको ९४ वर्षको उमेरमा ११ अगस्टमा निधन भएको छ । उनको गृहनगर कोइम्बटूरमा अन्तिम संस्कार गरिनेछ। आमाको निधनको खबर सुनेपछि उनले सुटिङ बन्द गरेका छन् । दिग्गज अभिनेता आफ्नो आगामी फिल्मको लागि हैदराबादमा सुटिङ गरिरहेका थिए।

महेश बाबुका पिता तथा तेलुगु सुपरस्टार कृष्णा बाबुको निधन

तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु (शिव रामा कृष्ण घट्टामानेनी)को मंगलबार हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । कृष्णा बाबु तेलुगु सुपरस्टार महेश बाबुका पिता हुन् । करिब ५ दशकको फिल्मी करियरमा कृष्णा बाबुले ३५० भन्दा बढी फिल्ममा काम गरेर कीर्तिमान बनाएका थिए । उनले सबैभन्दा छिटो २०० फिल्म गर्ने कीर्तिमान राख्नुका साथै एउटै अभिनेत्रीसँग ४८ फिल्ममा काम गर्ने कीर्तिमान पनि राखेका छन् । कृष्णाले आफ्नी दोस्रो पत्नी

रहेनन् महेशबाबुका पिता तथा तेलुगु सिनेमाका सुपरस्टार कृष्णा

तेलुगु स्टार महेश बाबुका पितासमेत रहेका उनको आज बिहान निधन भएको हो । तेलुगु सिनेमामा उनलाई सुपरस्टार कृष्णाको नामले चिनिन्छ । करिब ३५० फिल्ममा अभिनय गरेका कृष्णा यसै वर्षको सेप्टेम्बरमा श्रीमती इन्दिराको निधनपछि डिप्रेसनमा थिए ।

भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो । कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके काेलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुग्नु भएको थियो  । केकेले बलिउड फिल्मका धेरै गीत गाउनु भएको छ । ‘हम दिल दे चुके सनम’ ‘तडप तडप के इस दिल से’ ‘ओम शान्ति ओम’ लगायत उनका चर्च...

केजीएफका अभिनेता मोहन जुनेजाको निधन

साउथ फिल्म उद्योगका चर्चित हास्य कलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । लामो समयदेखि रोगसँग लडिरहेका मोहनले उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा अन्तिम सास लिएका थिए । मोहनको निधनमा फ्यानसहित धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर शोक व्यक्त गरेका छन् ।मोहन जुनेजाले आफ्नो करियर कमेडियनको रूपमा सुरु गरेका थिए । आफ्नो करियरमा मोहनले तमिल, तेलुगु, मलयालम र हिन्दीलगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरे। उनी KGF-2 र KGF-1 जस्ता सुपरहिट फिल

डिभाइडरमा कार ठाेक्किँदा तेलुगु नायिका गायत्रीको निधन

एजेन्सी । तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो । समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी […] The post डिभाइडरमा कार ठाेक्किँदा तेलुगु नायिका गायत्रीको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलिउड फिल्म निर्देशक सेतुमाधवनको निधन

भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो ।

दिग्गज अभिनेत्री जयन्तीको निधन

मुम्बई । भारतकी दिग्गज अभिनेत्री जयन्तीको निधन भएको छ । ७६ वर्षिय उनको सोमबार बैंगलुरमा उमेरसँग सम्बन्धित बिरामीका कारण निधन भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । उनले सन् १९६३ मा रिलिज भएको कन्नाडा चलचित्र ‘जेनु गुडु’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनले तेलुगु, तमिल, कन्नाडा र मलयालम गरि...

तेलुगु अभिनेता टीएनआरको कोरोना संक्रमणबाट निधन

तेलुगु । लोकप्रिय तेलुगु युट्युब होस्ट र क्यारेक्टर आर्टिस्ट टीएनआर उर्फ ठुमला नरसिम्हा रेड्डिको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । उनको सोमबार विहान हैदराबादमा कोरोना जटिलताका कारण निधन भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।  उनी चलचित्र उमा महेश्वरा उग्र रुपस्या, एचआईटि, फलकनुमा दास, जर्ज रेड्डीलगायत चलचित्रमा उनले क्यारेक्टर एक्टरको...

रहेनन् तेलुगु कलाकार जयप्रकाश रेड्डी

काठमाण्डाै –  साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ । रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका उहाँका परिवारका सदस्यले बताएका छन् । उनले तेलुगु चलचित्रमा छुट्टै स्थान ब...