रुख कटहर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कटहरमा थुप्रै पोषक तत्व पाइन्छन् । कटहरको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै पाचन क्रियामा पनि सुधार आउँछ, साथै यसले कब्जियतको समस्यामा पनि राहत प्रदान गर्छ । मुटु रोग, कोलन क्यान्सर र पायल्सको समस्यामा पनि कटहर निकै फाइदाजनक हुन्छ ।कटहरमा भिटामिन, मिनरल्स, फाइटोन्युट्रियन्ट्स, कार्बोहाइड्रेट, इलेक्ट्रोलाइट्स, फाइबर र प्रोटिन पाइन्छन् । यद्यपि, कटहरमा क्यालोरीको मात्रा धेरै हुन्छ, तर पनि यो कोलेस्ट्रोल वा स्याचुरेटेड फ्याटबाट छुटकारा दिन