नेपालमा बच्चा जन्मिएको केही समयपछि गाजल लगाउने प्रचलन छ । बच्चालाई गाजल लगाइदिँदा आँखाको सुन्दरता बढ्ने र स्वस्थ हुने मान्यता राखिन्छ । तर गाजल लगाउँदा बच्चाको आँखालाई गम्भीर हानी हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ ? वास्तवमा, गाजल बनाउनका लागि ५० प्रतिशतभन्दा बढी लेडको प्रयोग गरिन्छ जुन शिशुको आँखाका लागि निकै हानिकारक हुनसक्छ । लेडले आँखालाई मात्रै नभई, मृगौला, मस्तिष्क, बोन म्यारो र शरीरका अन्य अंगलाई प्रभावित गर्नसक्छ । शिशुको आँखामा गाजल लगाउँदा कस्ता समस्या निम्तिन्छन् भन्नेबारे जानकारी लिऔँ