स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी गर्नेछ ।कम रक्तचापमा नखानुहोस्ःरक्तचाप कम हुँदा चुकन्दरको सेवन गर्नुहुँदैन । उच्च रक्तचापमा तपाईं यसलाई खान सक्नुहुन्छ तर कम हुँदा नखाएकै राम्रो । चुकन्दरले रक्तचापलाई कम गर्ने भएकाले यस्तो गर्न सुझाइएको