परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले यस प्रक्रियाका लागि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् । सरकारले खुला विश्वविद्यालय पूर्व उपकुलपति लेखनाथ शर्मा र प्राध्यापक मिना गुरुङ सदस्य रहेको उक्त समितिको सिफारिसका आधारमा बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । समितिले गरेको […]

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन

काठमाडौं, ५ माघ। सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन्।धितोपत्र बोर्डको ऐन अनुसार अध्यक्ष चयनका लागि मन्त्रिपरिषद्ले समिति गठन गर्नुपर्ने व्यवस्था छ।सोहीअनुसार समिति गठन भएको हो।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले माग्यो आवदेन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन माग गरेको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन खुल्यो, यस्ता छन् मापदण्ड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन मागेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ । मन्त्रालय अन्तर्गतको संस्थान समन्वय शाखाले जारी गरेको १५ दिने सूचनामा अध्यक्ष बन्न योग्य उम्मेदवारको मापदण्ड पनि तोकिएको छ । जसमा दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा […]

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले गत कात्तिकमा अघि बढाएको प्रक्रियालाई रद्द गर्दै पुनः नयाँ प्रक्रिया सुरु गरिएको हो ।समितिले बिहीबार सूचना जारी गर्दै यही पुस २९ गतेसम्ममा आवेदन दिन आह्वान गरेको छ । सूचनामा यसअघि आवेदन दिएकाले समेत पुनः […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु

काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सरकारले पुनः अगाडि बढाएको छ। यसअघि नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया गत कात्तिक ११ गते सुरु गरेको थियो। त्यसबेला दर्जनजतिले आवेदन दिएका थिए। ती सबै प्रक्रियालाई खारेज गरेर अर्थ मन्त्रालयले पुनः बिहीबार नियुक्ति प्रक्रिया अगाडि बढाएको अर्थका प्रवक्ता रितेश शाक्यले जानकारी दिए। भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले आवेदन […]

धितोपत्र बोर्डको अध्यक्ष पदमा दोस्रो आवेदन आह्वान गर्ने तयारीमा सरकार

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि दोस्रोपटक सिफरिस समिति बनाउने भएको छ । यसअघि बनाएको समिति विवादित बनेपछि सरकारले दोस्रोपटक समिति बनाउने भएको हो ।अध्यक्ष छनौट सिफारिस समिति संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल थिए । पौडेलले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेगरी अनिल पौडेललाई आवेदन दिन लगाएपछि छनौट समिति विवादित बनेको थियो । यसअघिको आवेदन विवादित बनेपछि फेरि आवेदन दिनुपर्ने भएको छ ।यसअघि ११ जनाले बोर्डको अध्यक्ष बन्न आवेदन दिएका थिए । आवेदन दिएकामध्ये केही

बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो। आर्थिक अभियानमा खबर छ ।

धितोपत्र बोर्डको अध्यक्ष बन्न एक दर्जनले दिए निवेदन

२५ कात्तिक, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न करिब एक दर्जन व्यक्तिले आवेदन दिएका छन् । खुला प्रतिष्पर्धाबाट अध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको छनोट समितिले आवेदन माग गरेको थियो । आवेदन दिने अन्तिम दिन बिहीबार साँझसम्म ११ जनाले निवेदन बुझाएको अर्थमन्त्रालयले बताएको छ । बुधबारसम्म तीन जनाले मात्र […]