धितोपत्र बोर्डको अध्यक्ष पदमा दोस्रो आवेदन आह्वान गर्ने तयारीमा सरकार

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि दोस्रोपटक सिफरिस समिति बनाउने भएको छ । यसअघि बनाएको समिति विवादित बनेपछि सरकारले दोस्रोपटक समिति बनाउने भएको हो ।अध्यक्ष छनौट सिफारिस समिति संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल थिए । पौडेलले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेगरी अनिल पौडेललाई आवेदन दिन लगाएपछि छनौट समिति विवादित बनेको थियो । यसअघिको आवेदन विवादित बनेपछि फेरि आवेदन दिनुपर्ने भएको छ ।यसअघि ११ जनाले बोर्डको अध्यक्ष बन्न आवेदन दिएका थिए । आवेदन दिएकामध्ये केही

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि फेरी आवेदन खुल्ने

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि फेरी छनौट तथा सिफारिस समिति बनाउने भएको छ । यस अघि छनौट गरिएको समितिमा विवाद देखिएपछि सरकारले फेरी समिति गठन गर्ने र पुन: आवेदन आह्वान गर्ने भएको हो।धितोपत्र समबन्धि ऐनमा नेपाल सरकारले छनौट समिति बनाउने पर्ने उल्लेख गरिएको र अहिलेको समिति अर्थ मन्त्रालयले बनाएको तथा मन्त्री स्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै समितिमा सुरु देखि नै विवाद भएको थियो । समितिले आवेदन माग गर्दा आवेदन दिएका केहि उम्मेदवारले पनि अर्थमन्त्री तथा अर्थ सचिवलाई भेटेर पछि कानुनी प्रश्न उठ्न सक्ने भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर समिति बनाउन र फेरी आवेदन खुलाउनको लागि आग्रह गर्न गएका थिए । सोहि अनुसार अब मन्त्रिपरिषद्को बैठकले छनौट समिति बनाउने अर्थ मन्त्रालय स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार नयाँ समिति बनेपछि उक्त समितिले फेरी आवेदन आह्वान गर्ने छ । यस संगै यस अघिका आवेदन सबै खारेज हुने भएको छ । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति बनाउनु पर्ने ऐनमा ब्यबस्था छ । यस समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने ब्यबस्था छ। यस अघि आवेदन आह्वान हुँदा १० जनाले आवेदन दिएका थिए ।