काठमाण्डाै – नेकपा एमालेले अन्तिम समयसम्म पनि पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ । ललितपुरमा आज मङ्गलवार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रका समस्यालाई सकभर समाधान नै गर्ने ढङ्गले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको ज्ञवालीको भनाइ छ । आजको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका लागि बनेको...