माधव पक्षधर २६ सांसदलाई साधारण सदस्यपनि नरहनेगरि कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर गर्ने २६ जना सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने निर्णय गरेको छ । र, उक्त निर्णय राष्टपति कार्यालयमा समेत बुझाईएको स्रोतको दाबी छ । राष्टपति विद्यादेवी भण्डारीले तोकेको समयमा नै कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव […]

सम्बन्धित सामग्री

माधव नेपालसहितका नेतालाई आममाफी दिने एमालेको निर्णय

नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय  कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् ।त्यस्तै ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच  तुलना हुन नस

२२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेपाल समाचारपत्र, काठमाडौं नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसदलाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सोमबार ललितपुरको च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको […]

कर्णालीका चार सांसदमाथि कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेले कर्णालीका चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। फ्लोर क्रस गर्ने चार सांसद प्रकाश ज्वाला, नन्दसिंद बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी र सांसद नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो। निर्णय प्रदेशसभा सचिवालयलाई पठाएपछि उनीहरुको पद रिक्त हुनेछ।