श्रीराम सुगर मिल्स पुन: सञ्चालनको माग गर्दै संघर्ष समिति गठन

रौतहट । श्रीराम सुगर मिल्स पुन: सञ्चालनको माग गर्दै आएका रौतहटका कृषकले संघर्ष समिति गठन गरेका छन् । उनीहरूले उखु उत्पादन संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवको अध्यक्षतामा १०१ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । समितिले उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गर्ने र सोबाट सुनुवाइ नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको संघर्ष समितिका अध्यक्ष यादवले बताए ।  मिल स्थापना गर्दा दीर्घकालसम्म सञ्चालनमा ल्याउने शर्र्तमा कृषकले सस्तो मूल्यमा जमीन विक्री गरेको उनको भनाइ छ । वर्षौं अघि मिललाई जमीन दिएर स्थापना गराएको र हाल मेशिन उपकरण लिलामी प्रक्रियाबाट विक्री गर्न थालेपछि कृषक निराश भएको उनले बताए । केही दिनअघि उद्योग परिसरमा आयोजित कृषक भेलामा अधिंकाश वक्ताले उद्योग पुन: सञ्चालनका लागि दबाब दिएका थिए ।  संघीय सांसद देवप्रसाद तिमल्सिनाले उद्योग पुन: सञ्चालनको विषय संसद्मा आफूले बारम्बार उठाएको र मिलका उद्योगपतिलाई कृषकसँग समन्वयका लागि आग्रह गरेको बताए । संघीय सांसद किरण साहले सडक र सदन दुवैबाट संघर्ष गरेर उद्योग सञ्चालनमा ल्याउन सहयोग गर्ने बताए । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजादले उद्योग सञ्चालनमा रहेका समस्यालाई मधेश प्रदेश सरकारले समाधानमा सहजीकरण गर्न तयार रहेको बताए । रौतहटको आर्थिक विकास मुख्य गरी किसानको समृद्धिको लागि चिनी मिल सञ्चालन हुनु आवश्यक रहेको उनको भनाइ छ । प्रदेश सांसद जितेन्द्र यादवले किसानको समृद्धि र भविष्यसँग जोडिएको विषय भएकाले उद्योग पुन: सञ्चालन हुनुपर्ने बताए ।  उद्योग व्यवस्थापनले २०७७ साउन ११ मा सूचना प्रकाशित गरी उद्योग स्थायी रूपले बन्द गरिएको जानकारी गराएको थियो । त्यसपश्चात् नेपाल बैंक लिमिटेडले उद्योगले साँवा र ब्याज नबुझाएको भन्दै सम्पूर्ण मेसिनरी पार्टपुर्जा टेन्डर प्रक्रियामार्फत विक्री गरिसकेको छ । 

सम्बन्धित सामग्री

श्रीराम सुगर मिल्स सञ्चालन गर्न सहमति

श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमति जुटेको छ । सो उद्योग सञ्चालनका सम्बन्धमा गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ । महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

अनुगमनमा आएका कर्मचारीलाई उखु किसानले रोके

रौतहटको गरुडस्थित श्रीराम सुगर मिल्स लिमिटेडको अनुगमन गर्न आएका कर्मचारीलाई उखु किसानले रोकेका छन् । गत ३ वर्षदेखि स्थायी रूपले बन्द गरिएको चिनी उद्योगका पाट पुर्जालाई बिक्री गर्ने प्रयोजनका लागि आएका कर्मचारीलाई किसानहरूले अनुगमन गर्न रोकेका हुन्।...

श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ज्ञापनपत्र

२८ साउन, काठमाडौं । रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् । आइतबार चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट उनीहरुले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् । रौतहटमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रुपमा […]

सक्खर उद्योगलाई कौडीको भाउमा उखु बेच्दै किसान

रौतहट : रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानहरू कौडीको मूल्यमा उखु सक्खर उद्योगलाई बेच्न थालेका छन्।नगदे बालीको रुपमा रहेको उखु बालीलाई अहिले कुनै बजार मूल्य नपाउँदा किसानहरु कौडीको मूल्यमा सक्खर उत्पादन गर्ने उद्योगलाई उखु बेच्न बाध्य भएका हुन्।सरकारले यसवर्ष ६ सय रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरेको भए पनि किसानहरुले अहिले सक्खर उद्योगलाई प्रतिक्विन्टल ३ सय देखि ४ सय रुपैयाँ सम्मका दरले उखु बेच्न थालेका छन्।चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखु कसैले खरिद गर

चिनी मिल बन्द हुँदा घाटा खाएरै सक्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य

रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानले उत्पादन गरेको उखु अति कम मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेका छन् । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै...

श्रीराम सुगर मिल पुनः सञ्चालनको लागि छलफल

दुई वर्षदेखि बन्द रहेको रौतहटको  गरुडा त  श्रीराम सुगर मिल्स लिमिटेडको शनिवार निरीक्षण गर्नुका साथै पुनः सञ्चालनको लागि छलफल भएको छ। श्रम हित उपभोक्ता एवं उद्योग समितिको सभापति सङ्घीय सांसद एवं पूर्व श्रम तथा रोजगार  मन्त्री रामेश्वर राय यादवको  संयोजकत्वमा सरिता कुमारी गिरी,उमाशङ्कर अरगरीया, समितिका सचिव लगायतका पदाधिकारीहरू बन्द रहेको चिनी मिलको स्थलगत अनुगमन निरीक्षण गरी मिल सञ्चालनको लागि छलफल गरेका हुन् । सभापति यादवसहितको  टोलीले मिल निरीक्षणपछि

श्रीराम सुगर मिल्स र गोर्खाज फाइनान्सको साधारण सभा बिहीवार हुँदै

भदौ २३, काठमाडौं । दुई  अलग - अलग कम्पनीको साधारण सभा  बिहीवार हुने भएको छ ।  श्रीराम सुगर मिल्स र गोर्खाज फाइनान्सले साधारण सभा आयोजना गरेका हुन् । श्रीराम सुगर मिल्स लिमिटेडले २५औं साधारण सभा बिहीवार बिहान ११ बजे अर्पण ब्याँक्वेट नयाँ बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ र आव २०७७/ ७८ का लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले भुक्तानी गर्न बाँकी रहेको दायित्वहरुका सम्बन्धमा पनि छलफल गर्ने बताएको छ । सभा कोरोना महामारीलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट हुने छ । त्यसैगरी गोर्खाज फाइनान्स लिमिटेडको स्थगित २६ औं वार्षिक साधारण सभा बिहीवार सभा बिहान ११ बजे होटल क्राउन इम्पेरियल सोल्टीमोडमा हुँदैछ । सभा कारोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट गरिने  कम्पनीले बताएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा हेरफेरको लागि नियामक निकायबाट कुनै निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहका तीन जना गरी छ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख २१ गते नै बन्द भइसकेको छ । यस आधारमा वैशाख ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।