चिनी उद्योग संचालन गर्न नसकिने बताएपछि किसानहरुले लिए जमिन फिर्ता गर्नुपर्ने अडान
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स चलाउन नसकिने संचालकहरुले बताएका छन् । उद्योगपतिले उद्योग संचालन गर्न नसके किसानहरुको जमिन फिर्ता गर्नुपर्ने अडान किसानहरुले लिएका छन्।...
काठमाण्डाै - उखुकिसानका समस्या समाधानका लागि चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवार आज बसेको बैठकले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताउनु भयो।
उहाँले उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल,...
काठमाडौँ,६ पुष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि […]
सर्लाहीका दुई चिनी उद्योग संचालनको अन्तिम तयारीमा छन्। उखु किसानलाई मिलसम्म पुर्याउने उखुको चलान पुर्जी वितरण गर्नुका साथै दुई चिनी उद्योगले उखु खरिद गर्न थालेका छन्।...
उद्योगकै बिउ गलत परेपछि खेतमै सुक्न थाल्यो उखु
सडक र पुल नहुँदा कञ्चनपुरका उखु किसानलाई उद्योगसम्म ढुवानीमा समस्या
सर्लाहीका तीनवटै चिनी उद्योग उखु क्रसिङको तयारीमा जुटेका छन् । जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले...
आगामी पुस महिनामा नयाँ चिनी मिलले यहाँबाट उत्पादन सुरु गर्ने भएको छ ।
कञ्चनपुर रामविलासमा महाकाली सुगर इन्डस्ट्रिज प्रालिले ऊखु उत्पादनको आगामी मौसमका चिनी उत्पादन सुरु गर्न लागेको हो । ४० करोड रुपैयाँको लगानीमा स्थापना भएको उद्योगको दैनिक १ हजार २ सय टन ऊखु क्रसिङ क्षमता छ ।
‘उद्योग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उद्योगका इन्जिनियर बीके गुप्ताले भने, ‘तीन साताभित्र उद्योगको फाउन्डेसन कार्य सकिन्छ । ’
गुप्ताका अनुसार भारतको कर्नाटकबाट उद्योगको मुख्य प्लान्ट खरिद गरिसकिएको छ । उद्योगले कर्नाटकको चिनी मिलले प्रयोग गरेको प्लान्ट खरिद गरेको जानरकारी दिएको छ । थप उपकरण खरिदका लागि प्रतीत पत्र र एलसी खोल्ने तयारी भइरहेको गुप्ताले जानकारी दिए ।
उद्योगले वार्षिक २७ हजार टन चिनी तथा २ हजार ७ सय किलोलिटर रेक्टिफाइड स्प्रिट उत्पादन गर्ने छ ।
चिनी उद्योगमा ४ सय २५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । शिखर श्रेष्ठसहितका लगानीकर्ताको समूहले उद्योग स्थापना गर्न लागेको हो । नेपालमा हाल नौवटा उखु उद्योग सञ्चालनमा रहेका छन् ।
नोकियाको कार प्रज्ञालाई
नोकिया मोबाइलले सञ्चालन गरेको स्योर सट डबल सट को बम्पर पुरस्कार हुन्डाई कर कपन निवासी प्रज्ञा पोखरेलले प्राप्त गरेकी छिन् ।
वर्ष ५, अंक ४६, २०६७, साउन ३–९
सर्लाही : सर्लाही प्रहरीले १ सय २२ थान अक्सिजन सिलिण्डर जम्मा पारेको छ।जिल्लाको तीन वटा चिनी उद्योगमा रहेका ८० वटा भरिएका र ४२ वटा खाली अक्सिजन सिलिण्डर जम्मा पारिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।उनका अनुसार इन्दुशंकर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहमा रहेका अक्सिजन सिलिण्डर जम्मा गरिएको हो।ती सिलिण्डर जिल्लाका जुनसुकै ठाउँका कोरोना संक्रमितलाई आवश्यक पर्ने बित्तिकै तुरुन्त पुर्याउने गरी हाल हरिवनस्थित इलाका प्रहर
पछिल्लो दुई वर्षदेखी बन्द अवश्थामा रहेको पश्चिम नवलपरासी सुनवलस्थित लुम्बिनी चिनी उद्योग पुनः सञ्चालनको तयारीमा रहेको छ ।
उद्योगपति मनिष अग्रवालको नामा रहेको यो उद्योग मनिष अग्रवालको मृत्यु भए पछि पछिल्लो दुई वर्ष देखी बन्द अवश्थामा रहेको थियो । दुई वर्ष देखी बन्द अवश्थामा रहेको सुनवल १ स्थित लुम्बिनी चिनी उद्योग नयाँ ब्यावस्थापन सहित पुनः संचालनको तयारीमा लागेको लुम्बिनी चिनी उद्योग प्रबन्ध निर्देशक विजय गुप्ताले बताउनु भएको छ ।