हाल नेपाली राजनीतिमा विभिन्न खाले विकृत खेल भइरहेका छन् । जातीय राज्यका कुराहरुसमेत उठ्न थालेका छन् र सत्ताधारीहरुले आफ्नो स्वार्थसिद्ध गर्न जातीय राज्यका कुराहरुसमेत उठाउन थालेका छन् । सत्ताधारीहरु यति धेरै घोर अवसरवादी बन्न पुगेका छन् कि उनीहरुको स्वार्थसिद्धका लागि जे गर्न पनि पछि नपर्ने अवस्था देखिएको छ । यो अत्यन्तै चिन्ताको विषय हो । […]