‘जमाना कहाँबाट कहाँ पुगिसक्यो, आफू भने जहाँको त्यहीँ, कति गर्नु सधैँ यो लुते धन्दा ! सक्दिनँ अब त’ नाङ्लामा पट्याँस पट्याँस गर्दै चामल निफनीरहेकी बुढी एक्कासी फतफताउन थालिन् ।
‘हैन आज यसलाई के भो, कसले के भन्यो ? अचानक बर्बराउन पो थाली’ जुवा काँधमा राखेर बारीमा निस्कनै लागेका बुढा रोकिए ।
‘केही भएको पनि छैन, कसैले केही भनेको पनि हैन, दिक्क लाग्यो क्या ।’
हैन दिक्क चाहिँ किन लाग्यो त आज ?
किन भन्नु । कति गर्नु के यही एउटै काम । नयाँ नेपाल भन्छन् । गणतन्त्र...