बाजुरामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकृतहरूमाथि आन्दोलनकारीले दुर्व्यवहार गरेका छन् । बाजुरा सदरमुकामको लोकतान्त्रिक चोकमा सर्वदलीय मिटिङबाट फर्किँदै गरेका प्रजिअ प्रकाशचन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत र सुरक्षा प्रमुखहरुलाई अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर निस्केको खरानी फालेर दुर्व्यवहार गरेका हुन् । आन्दोलनकारीले प्रजिअसहित सुरक्षा अधिकारीहरूलाई दुर्व्यवहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले रातोपाटीलाई बताए । मंसिर ४ मा