अन्तरजिल्ला सुरक्षा बैठक रारामा सम्पन्न

कालीकाेट – अन्तरजिल्ला सुरक्षा बैठक मुगुको रारामा सम्पन्न भएको छ । बैठकमा कालीकोट, जुम्ला र मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता रहेको कालीकोटका प्रजिअ रामहरि शर्माले बताउनुभयो । बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, जडीबुटी चोरी निकासी नियन्त्रण, कर्णाली राजमार्ग, कर्णाली करिडोर लगायतका अन्य सडकहरूमा सहज यातायात आउजाउ, अपराध अनुसन्धान लगायतका विषयमा छलफल भएको बताइएको छ ।  एकआपसमा सूचना आदानप्रदान गरी समन्वयात्मक रूपमा काम गर्न जुम्लाको खलङ्गा र मुगुको रार...