भक्तपुर : भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले सोमबार काठमाण्डौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगा र भक्तपुर प्रवेश गर्ने पश्चिम नाका मनोहराको अनुगमन गरेको छ।निषेधाज्ञामा सवारी आवागमनलाई थप कडाइ गर्न र काठमाण्डौं उपत्यका भित्रिने सवारीसाधन र सर्वसाधारणको आवागमनका विषयमा बुझ्न प्रजिअसहितको सुरक्षा निकायका प्रमुखहरू साँगा र मनोहरा पुगेर अनुगमन गरिएको प्रजिअ भट्टराईले बताए।अनुगमनका क्रममा बिरामीहरु औषधी उपचार गर्न, विद्यार्थीहरू आफ्नो गृह