नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले पाँच दलीय सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाएका छन् ।‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ, त्यो मनोविज्ञान लिएर हिँडेको छ । अब नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ,’ उनले भने, ‘यति हुँदा हुँदै पनि बलजफ्ती कसैले जनत