सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ

काठमाण्डाै - बाजुरामा सर्वदल‍ीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन । बैठक अहिले ११ बजे फेरि बस्दैछ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन: बैठक बस्ने र गणना थाल्ने निर्णय गरिएकोमा बिहान केही विषय टुङ्गोमा नपुगेको र फेरि बैठक बसेर गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना ...

सम्बन्धित सामग्री

झलनाथ खनालको क्षेत्रमा प्रतिनिधिसभाको मत प्रदेशसभाको ब्यालेट बक्समा भेटिएपछि...

इलाम : पुर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेको छ। करिब सय मतपत्र त्यस्तो पाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले बताए।'करिब १ सय प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि सर्वदलीय निर्णयबाट प्रतिनिधिसभाकै मान्यता दिने सहमति भएको छ,’ दाहालले भने।  निर्वाचन आयोगबाट निर्णय नआउँदा त्यहाँ मतगणनामा ढिलाइ भएको छ। ११ बजेबाट मतगणना सुरू हुने बताइएको

मतगणना सुस्त

काठमाडौं (अस) । शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुस्त गतिमा भइरहेको छ । मतगणना सुस्त हुँदा अन्तिम परिणाम आउन धेरै दिन लाग्ने देखिएको छ । शनिवार बेलुका ८ बजेसम्ममा देशभरका १२ गाउँपालिकाको मतगणना सकिएको समाचार सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् । तर, निर्वाचन आयोगको वेबसाइटमा यो समाचार तयार गर्दासम्म मतगणनाको नतीजा राखिएको छैन । यसैबीच, वीरगञ्जबाट अभियान संवाददाताले पठाएको समाचारमा मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताबीचको विवादले मतगणनामा ढिलाइ भएको छ । वीरगञ्जको नृसिंह माविमा बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने दलीय सहमति भए पनि गणनास्थलमा एमाले र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो ।

रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ

२२ मंसिर, रुपन्देही । रुपन्देहीमा अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन । बिहीबार भएको सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने हो । तर, निर्वाचन क्षेत्र नं. ४ र ५ को सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को …