निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ । पाँच मतदानस्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेका थिए ।आयोगले ६ मंसिरमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन...
कैलाली । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले मतगणनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । दिउँसो साढे ३ बजे बैठक बसेर गणना थाल्न लागिएको हो । एमालेले यहाँ पुन: मतदानको माग गरेको थियो । आयोगले पुन: मतदान नगरी गणना सुचारू गर्न निर्देशन दिएपछि आजबाट यहाँ गणनाको तयारी गरिएको हो । आज बिहान एमालेले सर्वदलीय बैठक […]
कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमवार पुन: मतदान हुने भएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सृजना हुँदा शुक्रवार मतदान स्थगित भएको थियो । स्थगित चुनाव सोमवार विहान सात बजेदेखि ५ बजेसम्म हुने भएको हो ।
निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री मतदान केन्द्रमा पुगेको जानकारी दिए । पुन: मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी हटाइएका थिए ।
त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन् । यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा आइतवार साँझसम्म पनि मतगणना शुरू भएको छैन । रासस
मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान मंगलवार अपरान्हबाट शुरु भएको छ ।
सोमवार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवालाई २ हजार २५८ र पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालालाई १ हजार ७०२ मत प्राप्त भएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए।
यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
नेपाली काँग्रेस वागमती प्रदेश सभापतिका लागि भएको मतदान कुनै उम्मेदवारको ५१ प्रतिशत मत नपरेपछि दोस्रो चरणको मतदान हुने भएको छ । प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेका अनुसार आइतबार साढे ११ बजेबाट पुन दोस्रो चरणको मतदान गर्नेगरी तयारी भइरहेको हो ।नेपाली काँग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सोही अनुसार पुन मतदान हुन लागेको हो ।‘पुन मतदानका लागि ११ ब
भरतपुर महानगरपालिका १९ नम्बर वडाको स्थानीय तह निर्वाचनको पुन: मतदान शुक्रबार हुँदै छ । कडा सुरक्षा व्यवस्थासहित निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।