नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यस अघिका अध्यक्ष सुशील घिमिरेले दिएको राजिनामा स्वीकृत गर्दै बैठकले अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गरेको मन्त्री कार्कीले जानकारी दिएका हुन् ।