नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा

काठमाडौं : नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पाैडेलले जानकारी दिए।अध्यक्ष अधिकारीलाई पदबाट हटाउन माग हुँदै आएको थियो, मन्त्री पाैडेलले भने।यसअघि पर्यटनमन्त्री प्रेम आले र अधिकारीबीच भनाभन भएकाे र साेकाे अडियाे सार्वजनिक भएकाे थियाे।