कात्तिक ८, काठमाडौं । नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।
साथै, उक्त बैठकले यस अघिका अध्यक्ष सुशील घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ । घिमिरेले यसअघि नै राजिनामा दिन खोजेपनि सरकारले रोकेको थियो ।
अधिकारी यसअघि निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।