कैलालीमा माटो परीक्षण प्रयोगशाला स्थापना भएको ४ वर्षभन्दा बढी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा जिल्लाको कैलारी गाउँपालिका–८ पृथ्वीपुरमा प्रयोगशाला स्थापना भएको हो तर व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी लिएको स्थानीय अँखुवा कृषि सहकारी संस्थाले गैरजिम्मेवार बन्दा स्थापनाकालदेखि नै बन्द रहेको छ ।
२०७३ पुस ६ गते शुरू भएको परियोजना अन्तर्गत माटो परीक्षण सूक्ष्म प्रयोगशाला (मिनी ल्याब) पनि स्थापना भएको गरिएको थियो । स्थापनासँगै माटोको गुणस्तर परीक्षण गरी कृषि उत्पादनमा वृद्धि ल्याउने उद्देश्य राखिएको...