काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन्। राष्ट्रपति भवन महाराजगञ्जमा उनले शुक्रबार पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन्। उनले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद ग्रहण गरिन्। श्रावणी कर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक […]