मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा फसेको पैसा बैंक अफ काठमाण्डू (बीओके) ले अन्ततः फिर्ता पाएको छ । मंगलबार चिनियाँ चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई ६६ लाख २५ हजार १० अमेरिकी डलरसहित १४ लाख ११ हजार ४५३ युरो फिर्ता गरेको हो । मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने शिलशिलामा बैंकले आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई प्रदान गर्नेगरी बीओकेले चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी दिएको थियो । तर, आयोजनाको काम ठेकेदार कम्पनी