काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरुलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ। उक्त कार्यक्रम सञ्चालनको लागि बैंक र हेफर […]