भक्तपुर- भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ । क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो । मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो । भक्तजनहरूको चाप बढी […]