काठमाडौं, २६ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले कात्तिक २५ गतेदेखि लागु हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । न्यादी हाइड्रोले एनएमबी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने […]